aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

विदेशमा ज्यान गुमाउने नेपालीको तथ्यांक भयावह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
विदेशमा ज्यान गुमाउने नेपालीको तथ्यांक भयावह

काठमाडौं । रोजगारीका लागि विदेश गएका नेपाली श्रमिकले अकालमै ज्यान गुमाउने गरेको तथ्यांक भयावह छ । ०६५ देखि अहिलेसम्मको १३ वर्षमा नौ हजार ६ सय ६४ जनाले ज्यान गुमाएका छन् ।

तीमध्ये नेपाली श्रमिकका प्रमुख गन्त्यव्य खाडी र मलेसियामा मात्रै नौ हजार तीन सय १७ जनाको मृत्यु भएको छ । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार सबैभन्दा धेरै मलेसियामा तीन हजार दुई सय ४२ जनाको मृत्यु भएको छ ।

त्यस्तै, साउदी अरेबियामा दुई हजार ६ सय ६८, कुवेतमा तीन सय ५१, बहराइनमा एक सय ४४, ओमनमा ७४, जापानमा ४२ र दक्षिण कोरियामा एक सय ४८ जनाको ज्यान गएको छ । यी देशमा ह्दयघातबाट मात्रै दुई हजार एक सय १७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै, सडक दुईघटनामा एक हजार दुई सय ५४ र कार्यस्थलमा सात सय १३ जनाको मृत्यु भएको छ । एक हजार एक सय चारजनाले त आत्महत्या गरेको डरलाग्दो तथ्यांक छ । बोर्डले नेपाली श्रमिक रहेका ५० देशको तथ्यांक अद्यावधिक गरेको छ ।

उता बेलायतको हड्र्सफिल्ड र बर्नमाउथ युनिभर्सिटीमा अध्यायपन गराउने नेपाली अनुसन्धानकर्ताको समूहले गरेको अनुसन्त्रानमा पनि धेरै नेपाली श्रमिकले हृदयघातलगायत मुटुसम्बन्धि समस्याले ज्यान गुमाउनुुपरेको उल्लेख छ । उनीहरुले सम्बन्धित मुलुकमै कार्यरत एनआरएनए सदस्यसमेतको समहयोगमा सन् २००८ देखि २०१९ सम्मको रिपोर्ट तयार पारेका थिए । नयाँ पत्रिका दैनिकबाट

प्रतिक्रिया दिनुहोस