aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
जनगणनाका लागि घरपरिवारको सूचीकरण कार्य सम्पन्न

काठमाडौं । राष्ट्रिय जनगणना २०७८ अन्तर्गत पहिलो चरणको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएको छ । राष्ट्रिय योजना आयोगको केन्द्रीय तथ्यांक विभागबाट खटिएका सुपरीवेक्षकले सो कार्य पूरा गरेको र छुट भएका घर परिवार भएमा विभागको शुल्क नलाग्ने नम्बर ११७८ मा फोन गरेर जानकारी दिन सकिने विभागले जनाएको छ । सूचीकरणको विवरण विभागको वेबसाइटमा समावेश गरिएको छ । आगामी कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म जनगणनाको मूल गणना हुनेछ ।

प्रतिक्रिया दिनुहोस