सेवाग्राहीले भाडा महँगो भएको गुनासो गरेपछी काठमाडौँ महानगरपालिकाले न्युरोडमा संचालित स्मार्ट पार्किंगको भाडा घटाएको छ।
महानगरले आइतबार आर्थिक बिधेयक, २०७६ को कर सम्बन्धि व्यवस्था संसोधन गरि पार्किंग भाडा घटाएको हो। महानगरले प्रति घण्टा दुइ पांग्रे सवारीको भाडा २५ रुपयाँ लिंदै आएकोमा घटाएर १५ र चारपांग्रेको प्रति घण्टाको ८० रुपयाँबात्त ५० रुपयाँ बनाएको हो।
नयाँ भाडादर आउँदो साउन १ गतेदेखि लागुहुने महानगरका प्रबक्ता इश्वरमान डंगोलले बताएको समाचार आर्थिक अभियानमा प्रकाशित छ।
प्रतिक्रिया दिनुहोस