aarthiknews.com आइतबार, ०८ असार २०८२   Sunday, 22 June, 2025
 

मन्त्रालय भागवण्डा टुंगियो, कसको भागमा कुन मन्त्रालय पर्यो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
मन्त्रालय भागवण्डा टुंगियो, कसको भागमा कुन मन्त्रालय पर्यो ?

काठमाडौं ।  देउवा सरकारले मन्त्रालय भागवण्डा टुंगिएको दलका नेताहरुले बताएका छन् । मंगलबार विहान बालुवाटारमा सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागवण्डा टुंगिएको बताएका हुन ।

नेपाली कांग्रेसले ८ वटा मन्त्रालय पाएको छ । जसमा  गृह, परराष्ट्र, कानून र सञ्चारसहितका मन्त्रालय पाउने छ । त्यस्तै,  माओवादी केन्द्रले ५ वटा मन्त्रालय पाउने भएको छ । अर्थ, उर्जा, शिक्षासहित पाँच मन्त्रालय पाउने सहमति गरेका छन।

एकीकृत समाजवादीले पाँच मन्त्रालय पाउने भएको छ । रक्षा मन्त्रालय, शहरी विकास मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय पाउने छ । त्यस्तै , जसपाले भौतिक पूर्वाधार, संघीय मामिला तथा सामान्य प्रशासन, वन र कृषि मन्त्रालय पाउने भएको छ । दलहरुबीचमा मन्त्रालय भागबण्डा मिलेपछि आ–आफ्ना दलमा मन्त्री छान्नलाई बैठक बोलाएका छन् । 

प्रतिक्रिया दिनुहोस