aarthiknews.com मंगलबार, २६ जेठ २०८३   Tuesday, 09 June, 2026
 

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १९ असोज २०७८
धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक शेयर खरिद काण्डमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ ।

उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा गठित छानविन समिति  दिएको प्रतिवेदनका आधारमा सरकारले ढुंगानालाई बर्खास्त गरेको हो।  समितिमा नेपाल कानुन आयोगका सहसचिव अर्जुनकुमार खड्का र विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल सदस्य रहेको समिति गठन गरेको थियो। सो समितिले दुई साता अघि अर्थमन्त्री जनार्दन शर्मालाई प्रतिवेदन दिएको थियो।

सर्वोत्तम सिमेन्ट खरिद प्रकारणमा निलम्बनमा परेका उनलाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । सरकारले उनको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अर्थमन्त्रालयको सिफारिसमाढुंगानालाई मन्त्रिपरिषदले बर्खास्तीको निर्णय आज गरेको हो ।

 ढुंगाना ‘बुक बिल्डिङ’मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको शेृयर खरिद प्रकरणमा मुछिएका थिए ।  बोर्डको अध्यक्षमा रहँदा उनले धितोपत्र बोर्डको आतारसंहिता विपरित उनकी छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको शेयर खरिद गरेको तथ्य बाहिरिएको थियो । 

सरकारले धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई असोज ११ गते स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो  । उक्त स्पष्टि करण नै सोमबारको मन्त्रिपरिषद बैठकले ढुंगानालाई बर्खास्त गर्ने प्रयोजनका लागि स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । 

२०७६ पुष २१ गते केपी शर्मा ओली सरकारले तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको सिफारिसमा नेपाल धितोपत्र बोर्डको अध्यक्षमा ४ वर्षका लागि भीष्मराज ढुंगानालाई नियुक्त गरेको  थियो।

उक्त शेयर खरिद प्रकरणमा जोडिएका नेपाल स्टक एक्स्चेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले यस अघि नै राजीनामा दिइसकेका छन् भने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल पनि बोर्डको सञ्चालक समितिबाट राजीनामा दिइसकेका छन् । 

प्रतिक्रिया दिनुहोस