aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

रसुवा नाकामा विषादी परिक्षण आँखाको भरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
रसुवा नाकामा विषादी परिक्षण आँखाको भरमा

काठमाडौं । भारतबाट आयात हुने तरकारी तथा फलफूलमा विषादी परीक्षण रोकिएको भन्दै सरकारको सर्वत्र आलोचना भएका बेला उत्तरी नाका रसुवागढी भएर आउने सामान भने आँखाले हेरेको भरमा छाड्नु परेको छ ।


चीनबाट रसुवागढी नाका भएर यो वर्ष करिब चार अर्ब रुपैयाँका कृषिजन्य सामान आयात भएका छन् । वर्षेनि आयातको मात्रा बढ्दै गएको छ । तर, यो नाकामा कुनै पनि पूर्वाधार र उपकरण नहुँदा प्राविधिक कर्मचारीले विषादी भए, नभएको र रोग किरा लागे, नलागेको आँखो हेरेर छाड्नु परेको छ ।

२१ औं शताब्दी भए पनि परीक्षण आदिमकालको जस्तै छ । वरिष्ठ बाली संरक्षण अधिकृत तथा कार्यालय प्रमुख कुलदीप घिमिरेले चीनबाट कृषि तथा वनजन्य सामाग्री भित्रिने क्रम बढे पनि नाकामा विषादी परीक्षण हुन नसकेको बताए ।  आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस