aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

काठमाडौंका २५ वटा सामुदायिक विद्यालय अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
काठमाडौंका २५ वटा सामुदायिक विद्यालय अलपत्र

काठमाडौं । पर्याप्त जग्गा नहुँदा काठमाडौं जिल्लाका २५ वटा सामुदायिक विद्यालयको पुनर्निर्माणमा समस्या भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भवन निर्माणका लागि आवश्यक पर्ने जग्गा नभएका कारण पुनर्निर्माण हुन नसकेको हो ।

०७२ को भूकम्पका कारण काठमाडौंका दुई सय ४१ मध्ये एक सय ८१ विद्यालय क्षतिग्रस्त भएका थिए । ६० भन्दा बढी विद्यालय पूर्णरूपमा क्षतिग्रस्त बनेका थिए । भूकम्प गएको चार वर्षको अवधिमा ८७ वटा विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ ।

४३ वटा विद्यालयको पुनर्निर्माण जारी छ भने ६६ वटा विद्यालय पुर्ननिर्माण हुन बाँकी छन् । जसमध्ये २५ विद्यालय जग्गा अभावका कारण पुनर्निर्माण हुन नसकेको प्राधिकरणले जनाएको छ । ६६ वटा विद्यालय रेट्रोफिटका लागि डिजाइन भइरहेको प्राधिकरणका इन्जिनियर सागर पौडेलले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष ०७३–७४ मा १५ विद्यालय, ०७४–०७५ मा ३९ र ०७५/०७६ २९ वटा विद्यालय पुनर्निर्माण भएका छन् । चार विद्यालय एडिबीको ऋण सहयोगमा पुनर्निर्माण गरी हस्तान्तरण भइरहेका छन् । आजको नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस