aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सभापतिको डेरा डुब्दा संसदीय समिति बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
सभापतिको डेरा डुब्दा संसदीय समिति बैठक स्थगित

प्रतिभिधसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवको बसेको कोलोनी डुवानमा पर्दा आइतबारको लागि तय भएको समितिको बैठक स्थगित भएको छ ।

कुलेश्वरस्थित ओरियन्ट कोलोनीस्थित उनको डेरामा शुक्रवार बाढी  पस्दा अधिकांश सामान विग्रिएका छन् । खाना पकाउने कोठामा लेदो जम्मा भएको छ । कोठा डुवानमा परेपछि उनी अहिले एउटा होटलमा बसिरहेका छन् ।

सांसद श्रीवास्तव करिब १२ वर्षदेखि उक्त कोलोनिमा बस्दै आएका थिए । बाढीको समयमा कोठामै रहेका उनि बाढीकोठामा पस्न थालेपछि भागेर होटलमा पुगेका थिए ।

उनीसंग आफ्नो निर्वाचन क्षेत्रका  पीडितहरुले राहतको व्यवस्थाको माग गरिरहेका हुन्छन् । उनको निर्वाचन क्षेत्रमा १० जनाको मृत्यु भएको छ । तर आफै बाढी पिडित उनि अहिले कोठा खोजी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस