aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

मदर टेरेसाको कपाल र साइबाबाको चप्पल बेच्ने पुलिसको कब्जामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २० असोज २०७८
मदर टेरेसाको कपाल र साइबाबाको चप्पल बेच्ने पुलिसको कब्जामा

एजेन्सी।  मदर टेरेसाको कपाल, येशुको कपडा र साईबाबाको चप्पल जे चाहिए पनि किन्न मिल्ने एक संग्रालयका सञ्चालक अहिले पुलिसको खोरमा छन्। भारतको केरलामा पुरातन वस्तुहरूको एक सङ्ग्रहालयका सञ्चालकले हजारौँलाई ठगेको खुलासा भएको छ। 

यो सङ्ग्रहालयको मालिकले हजारौँ वर्ष पुराना धेरै अन्य कलाकृतिहरू आफूसँग रहेको दाबी गर्दै आएका थिए। मेन्सन मभुनकल नाम गरेका यी ५२ वर्षीय व्यक्ति  प्राचीन बस्तुहरूको व्यापारीको परिचयमा बसेका थिए।  दक्षिणी भारतीय राज्य केरलामा उनले सयौँ ग्राहकबाट पुराना बस्तु भन्दै नक्कली सामान बेचेको र १० करोड भन्दा बढी कमाएको खुलासा भएको छ। 

मोन्सन जो कथित रूपमा धेरै राजनीतिज्ञ, अभिनेता र पुलिस अधिकारीहरूको नजिक थिए तर उनको ठगी धन्धा खुलेपछि अहिले न्यायिक हिरासतमा छन्। केरल प्राइम ब्रान्चले २६ सेप्टेम्बरमा उनको अलप्पुझा घरबाट उनलाई गिरफ्तार गरेपछि उनी राज्यका फ्रन्टलाइन दैनिक, समाचार च्यानल र सोसल मिडियामा चर्चाको केन्द्रमा छन्।

रोचक कुरा त यो छ कि दर्जनौँ मानिसबाट करोडौँ ठगेका उनको बैङ्क खातामा भने जम्मा २ सय रुपैयाँ मात्र रहेको खुलासा भएको छ। अदालतमा दायर गरिएको रिपोर्ट अनुसार उनले विदेशी बैङ्कको नाममा कागजात बनाएर ठगी गरेका थिए । उनको नाममा विदेशमा कुनै खाता थिएन। उनले उजुरीकर्ताहरूलाई उनीहरूको बैङ्कमा २६२ अर्ब रुपैयाँ जम्मा भएको भन्दै आएका थिए। सो खाताबाट पैसा निकाल्न उनलाई १० करोड चाहिएको कुरा उनले बताएपछि उनको विश्वासमा परेर उनलाई धेरैले पैसा दिएका थिए। उनका ग्राहक धेरैजसो विदेशमा बस्ने मानिस थिए। 

अलाप्पुझा जिल्लाको चेरथलामा जन्मेका मोन्सन एक विद्यालय छोड्ने व्यक्ति हुन्। जो कोचीमा आफ्नो भाडाको घरलाई पुरातन वस्तुहरूको सङ्ग्रहालयमा परिणत गरेपछि चर्चित भए। जब प्रमुख राजनीतिज्ञहरू, फिल्म स्टारहरू र व्यापारीहरू उनको सङ्ग्रहालयमा गए, मोन्सनले सोसल मिडियाको उपयोग गरी उनी हर सँग आफ्नो तस्बिरहरू प्रकाशित गरी मानिसलाई विश्वसनीय बने ।

उनले वीआईपीहरुलाई आश्वस्त पारे कि उनीसँग टीपू सुल्तानको सिंहासन सहित दुर्लभ पुरातन वस्तुहरूको सङ्ग्रह छ। उनले कथित रूपमा दाबी गरे कि उनीसँग येशूले लगाएको लुगाको एक टुक्रा थियो। र, यहूदाले येशुलाई धोका दिइएको ३० वटा सिक्का मध्ये दुई वटा आफूसँग छ भन्थे ।

अभियुक्तले दाबी गरे कि उनको सङ्ग्रहमा मराठी राजा छत्रपति शिवाजी, मुगल सम्राट् औरंगजेबद्वारा प्रयोग गरिएका किताबहरू, धेरै पवित्र पुस्तकहरू र कागजातहरू जस्तै महाकाव्य महाभारतको संस्करण हथेलीको पातहरूमा लेखिएको छ र राजा रवि वर्मा र पाब्लो पिकासोको चित्रहरू सामेल छन्। मोन्सनको वेबसाइटमा राखिएको जानकारी अनुसार उनी एक विश्व शान्ति प्रमोटर, परोपकारी, शिक्षाविद् र प्रेरक वक्ताको रूपमा पहिचान बनाएका व्यक्ति हुन् ।

प्रतिक्रिया दिनुहोस