aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विश्वकप क्रिकेट जित्दा कति पायो पुरस्कार ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
विश्वकप क्रिकेट जित्दा कति पायो पुरस्कार ?

आइतबार सम्पन्न विश्वकप क्रिकेटको १२ औं सस्करणमा घरेलु टोलि इंगल्याण्ड विश्व बिजेता बन्यो। तर, के त्यो जितमा बिजेता राष्ट्रले सुन्दर ट्रफी मात्र उचाल्यो वा अरु पुरस्कार राशी पनि पायो ? यो हरेकको मनमा उब्जने जिज्ञासा हो।

पहिलोपटक विश्वकप क्रिकेट जितेको इंग्ल्याण्डले ट्रफी सहित ४ मिलियन अमेरिकी डलर अर्थात् करिव ४३ करोड ८१ लाख नेपाली रुपयाँ बराबरको नगद पनी हात पारेको छ । समाचार संस्थाहरुले जनाए अनुसार यो हालसम्म कै सर्वाधिक पुरस्कार राशि हो। 

उपविजेताको रुपमा न्युजिल्यान्डले २ मिलियन अमेरिकी डलर प्राप्त गरेको छ। यो खेलमा सेमी फाइनलसम्मको यात्रा तय गर्न सफल भारत र अस्ट्रेलियाले ८ लाख डलर प्राप्त गरेका छन् ।  लिग चरणको खेलमा मात्र बिजय हासिल गर्नेलाई भने ४० हजार डलर दिइएको थियो भने त्यो चरण पार गरेकोमा अस्ट्रेलिया, भारत, इंग्ल्यान्ड र न्युजिल्यान्डलाई थप १/१ लाख डलर दिईएको छ। 

विश्वकप क्रिकेटमा पुरस्कारको लागि जम्मा १० मिलियन डलर राशी छुट्ट्याएको थियो जवकि विश्वकप फुटबलको भने कुल पुरस्कार रकम नै ४ सय मिलियन रहेको थियो।  सन् २०१८ को विश्वकप फुटबल बिजेता फ्रान्सले ३८ मिलियन डलर प्राप्त गरेको थियो। 

प्रतिक्रिया दिनुहोस