aarthiknews.com शुक्रबार, ०६ असार २०८२   Friday, 20 June, 2025
 

चीनबाट थप १० लाख मात्रा खोप अनुदान स्वरुप आउँदै

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • विहीबार, २१ असोज २०७८
चीनबाट थप १० लाख मात्रा खोप अनुदान स्वरुप आउँदै

काठमाडौं । चीन सरकारले पुनः कोरोनाविरुद्धको खोप अनुदानमा सहयोग गर्ने भएको छ । चीनले उत्पादन गरेको सिनोभ्याक कम्पनीको खोप नेपाललाई अनुदानमा सहयोग गर्ने विषयमा बुधबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र नेपालका लागि चीनका राजदूत होउ यान्छीबीच छलफल भएको थियो ।

छलफलमा चिनियाँ राजदूत होउले थप १० लाख मात्रा सिनोभ्याक कम्पनीले उत्पादन गरेको भेरोसेल खोप अनुदान सहयोग गर्ने बताएकी छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले स्वास्थ्य राज्यमन्त्री र चीनका राजदूतबीच भेटघाट भएको जानकारी दिँदै चीनले अनुदानमा दिन लागेको खोपबारे छलफल भएको बताए ।

यसअघि चीनसँग खरिद गरेको ६० लाख मात्रा खोप आइसकेको छ । यस्तै थप ६० लाख मात्रा खोप आउने चरणमा रहेको छ भने चीनले उपलब्ध गराउने १० लाख मात्रा खोप पनि तत्काल आउने बताइएको छ ।

छलफलमा चीन सरकारले नेपाली सेनाका लागि पनि थप तीन लाख मात्रा खोप अनुदानमा उपलब्ध गराउने विषयमा पनि छलफल भएको छ । 

प्रतिक्रिया दिनुहोस