aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

अमेजनलाई ह्याकरको ठाडो चुनौती, ट्विचको सोर्सकोड छताछुल्ल

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २१ असोज २०७८
अमेजनलाई ह्याकरको ठाडो चुनौती, ट्विचको सोर्सकोड छताछुल्ल

काठमाडौं । फेसबुकमा ६ घण्टा भन्दा बढी प्राविधिक समस्या आएर छ अर्ब डलर मार्क जुकरवर्गलाई नोक्सान परेको केही दिन भित्रै अर्को एउटा साइबर काण्ड बाहिरिएको छ । त्यो हो, अमेजनको स्थापित भिडियो गेम प्लेटफर्म ट्विचमाथी ह्याकरले गरेको कब्जा ।  

विश्वकै सर्वाधिक धनी जेफ बेजोसको कम्पनी अमेजनले सञ्चालन गरेको अनलाइन भिडियो गेम प्लेटफर्म ट्विच निकै लोकप्रिय छ । यसको सोर्सकोड र यो प्लेटफर्मसँग जोडिएर मानिसहरूले गरेको आम्दानीको सूची समेत ह्याकरहरूले सार्वजनिक गरिदिएका छन् । 

रियल टाइम नै २५ लाख भन्दा बढी दर्शकहरू रहने र ७० लाख भन्दा बढी लाइभ भिडियो प्रत्येक महिना निर्माता रहेका यो प्लेटफर्मबाट मानिसहरूले लाखौँ डलर आर्जन गर्दै आइरहेका छन् । उनीरुको यो विवरण ४चेन नामक सामाजिक सञ्जाल मार्फत ह्याकरले बाहिर ल्याएका हुन् । 

यो ह्याकिङको सर्वाधिक रोचक कुरा यो छ की यसअघिका ह्याकिङहरूमा ह्याकरले फिरौती रकम माग्ने गर्थे । तर, उनीहरूले यसो गरेनन् । बरु कसरी जेफ बेजोसको खिल्ली उडाए भने उनको तस्बिर राख्दै त्यसमुनि लेखे–बेजोसले ९७० मिलियन डलर मूल्य तिरेको चिज हामी निःशुल्क दिन्छौँ । 

स्मरण रहोस्, जेफ बेजोसले सन् २०१४ मा त्यो सफ्टवेयरको सोर्सकोडलाई जस्टिन डट टिभीसँग ९७० मिलियन डलर नगदमा खरिद गरेका थिए । अहिलेको यो प्रकरणले अब साइबर क्राइममा समेत नयाँ ढंगको सुरुवात भएको मानिएको छ । यसअघि व्यक्तिगतरुपमा पैसा लिन गरिने आक्रमणको सट्टा कुनै पनि कम्पनीहरूको कर्पोरेट छविमा नै दक्खल दिनेगरि यस्तो हमला भएको देखिन्छ । 

 

प्रतिक्रिया दिनुहोस