
काठमाडौं । शेरबहादुर देउवा सरकारको मन्त्रिपरिषद आज विस्तार हुने भएको छ । करिब तीन महिनापछि शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाउने भएको हो । २९ असारमा सरकारको नेतृत्वमा आएका प्रधानमन्त्री देउवाले यसअघि पाँच मन्त्री र एक राज्यमन्त्रीलाई मन्त्रिपरिषदमा भित्र्याएका छन ।
बिहीबार बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको हो । विहीबार मन्त्रालय बाँडफाँडको टुंगो लागेको थियो । नेपाली काँग्रेसले ८ मन्त्री र दुई राज्यमन्त्री पाउने छ भने माओवादी केन्द्रले ५ मन्त्री र एक राज्यमन्त्री, नेकपा(एकीकृत समाजवादी) र जनता समाजवादीले ४ र जसपाले ४ मन्त्रालय पाएका छन् ।
प्रतिक्रिया दिनुहोस