aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

डलर महगियो सुन सस्तो भयो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • शुक्रबार, २२ असोज २०७८
डलर महगियो सुन सस्तो भयो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य  थप  बढेको  छ।  नेपाल  सुनचाँदी  व्यवसायी महासङ्घले  बिहीबार  तय  गरेको  मूल्यअनुसार छापावाल सुन प्रतितोला ९० हजार ४०० पुगेको छ भने तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार ९५० रुपियाँ तोकिएको छ। अन्तर्राष्ट्रिय  बजारमा  नेपाली  समयअनुसार बिहान  सुनको  मूल्य  प्रतिऔँस  १७६० अमेरिकी डलर पुगेका आधारमा सुनको उक्त मूल्य तोकिएको  हो।

 नेपालमा  सुनको  मूल्य  तोक्नुअघि भारतीय  बजारको  मूल्यलाई  पनि  हेर्ने  गरेको  छ। एक साताअघि सुनको मूल्य घटेर ८८ हजार ७०० रुपियाँमा झरेको थियो। गत  साता  अन्तर्राष्ट्रिय  बजारमा  सुनको  भाउ १७५०  डलर  प्रतिऔँससम्म  झरेको  भए  पनि  केही दिनयता  सुनको  मूल्य  बढ्ने  अनुमानका  कारण लगानीकर्ता सुन किन्न हौसिन थालेपछि बजार भाउमा निकै उतावचढाव आइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका सल्लाहकार तेजरत्न शाक्यले बताए ।

यसैबीच  अमेरिकी  डलर  पनि  महँगिएको  छ। नेपाल  राष्ट्र  विदेशी  विनिमय  विभागले  बिहीबारका लागि  तोकेको  मूल्यअनुसार  एक  अमेरिकी  डलर बराबर  १२०।२७  रुपियाँ  पुगेको  छ।  डलरको  यो मूल्य छ महिनायताकै उच्च हो। यसअघि वैशाखमा डलरको मूल्य बढेर १२०।३२ पैसासम्म पुगेको थियो। त्यसपछि निरन्तर ओरालो लागेर ११६ रुपियाँ २१  पैसासम्म  झरेको  थियो।

प्रतिक्रिया दिनुहोस