
एजेन्सी । टाटा सन्स अब भारतको सरकारी एयर इंडियाको नयाँ मालिक हुनेछ । कम्पनीले यो सरकारी एयरलाइन्सको लागि १८,००० करोड रुपैयाँ भारुको सबैभन्दा बढीमा खरिद गरेको छ । यो एयर लाइन्ससँगै टाटा सन्ससँग अब ३ वटा एयरलाइन्स भएका छन् ।
एयर इंडिया कम्पनी विक्री गर्नका लागि गरिएका लिलामी कार्यक्रममा टाटा सन्सले १,८,००० करोड रुपैयाँको बोली लगाएका थियो । अजय सिंहको कन्सोर्टियमले १५,१०० करोडको बोली लगाएका थियो । यस प्रकार टाटा सन्सले २९०० करोड रुपैयाँ भन्दा बढीको अन्तरले एयर इन्डियाको स्वामित्व टाटा सन्सको हातमा गएको छ ।
एयर इन्डियाको स्वामित्व प्राप्त गरेपछि, नयाँ मालिकले ५ बर्षसम्म नाम र लोगो परिवर्तन गर्न पाउने छैन । टाटा सन्सले ५ बर्ष पछि एयर इंडियाको नाम र लोगो हस्तान्तरण गर्न सर्त राखिएको छ ।
प्रतिक्रिया दिनुहोस