aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

भारत बेलायतको खोप 'वार' सकियो, अर्को साता यात्रा सुविधा सुचारु हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २३ असोज २०७८
भारत बेलायतको खोप 'वार' सकियो, अर्को साता यात्रा सुविधा सुचारु हुने

एजेन्सी । शुक्रबार विदेशमन्त्री एस जयशंकर र बेलायतका विदेश सचिव लिज ट्रस बीच छलफल भएको छ। दुवै पक्ष यात्रा सुविधा सुचारु गर्न सहमत भएका छन्।

बोरिस जोन्सन नेतृत्व को बेलायती सरकारले अक्टोबर महिनाको ११ तारिखबाट भारत र अन्य देशहरुलाई आफ्नो रातो सूची बाट हटाउने निर्णय गरेको एक‌दिन पछि भारत र बेलायत बीच यस्तो सहमति भएको हो। पहिले बेलायतको रातो सूची मा परेका मुलुक का नागरिकले कोविड १९ खोप को दुवै खुराक प्राप्त गरेतापनि क्वारेन्टाइन मा बस्नुपर्ने बाध्यता थियो।‌

बेलायत सरकारले बिहिबार जारी गरेको विज्ञप्ति मा भनिएको छ,'सरकारले आज (७ अक्टोबर २०२१) अक्टोबर महिनाको ११ तारिख सोमबार देखि ४७ वटा देशलाई रातो सूचीबाट हटाउने निर्णय गरेको पुष्टि गरेको छ। यी देशबाट आएका नागरिक अब क्वारेन्टाइन मा बस्नु पर्दैन।'

यस विज्ञप्ति थप भनिएको छ, 'अक्टोबर महिनाको ११ तारिख देखि ब्राजिल, घाना, हंगकंग, भारत, पाकिस्तान, दक्षिण अफ्रिका र टर्की लगायत ३७ भन्दा बढी देशमा खोप का दुवै खुराक प्राप्त गरेका नागरिकलाई पूर्ण रुपमा खोप लगाइएको जस्तै व्यवहार गरिनेछ। यसअघि भारतले क्वारेन्टाइनको आवश्यकता र दुई अनिवार्य परीक्षणको विरोध गरेको थियो।'

नयाँ दिल्लीले पनि भारत भ्रमण गर्ने बेलायती नागरिकहरुलाई पारस्परिक यात्रा प्रतिबन्ध लगाएपछि यो मुद्दा विवादमा परिणत भएको थियो। यसले बेलायतका नागरिकहरुलाई खोपको स्थिति जस्तोसुकै भए पनि १० दिन क्वारेन्टाइन मा बस्नुपर्ने अनिवार्य गरेको थियो।

प्रतिक्रिया दिनुहोस