
एजेन्सी। छोरा आर्यन खान ड्रग केसमा गिरफ्तार भएपछि बलिउड स्टार शाहरुख खानको अभिनय रहेको विज्ञापन बिजूले बन्द गरेको छ। यसको सबैभन्दा ठुलो कारण भनेको एडुटेक नामक एपको जारि हुन् लागेको आइपिओ हो। सो आइपिओको लागि यसको ब्रान्ड मूल्य बारेमा कुनै जोखिम उठाउन बिजुले नचाहेको हो।
अहिले नै यो स्पष्ट छैन कि बिजूले आर्यनको मामलाको सम्बन्धमा शाहरुख खानसँग गरेको ब्रान्ड एम्बेसडरको सम्झौता समाप्त गर्ने निर्णय गर्दै छ वा छैन । तर, एड वर्ल्डका मानिसहरू भन्छन् कि यस्तो विवादहरूले लामो समयसम्म सेलिब्रिटीहरु र ब्रान्डहरूको सम्बन्धमा धेरै फरक पर्दैन। भारतीय सञ्चार मध्यम भास्करले लेखेको छ- एक विज्ञापन एजेन्सीका अध्यक्ष जसले शाहरुख र अमिताभ जस्ता सेलिब्रेटीहरुसँग काम गरेका छन्, भन्छन्, शाहरुखसंगको सम्बन्धबाट धेरै लाभान्वित भएको छ। शाहरुखको विज्ञापन बन्द हुन सक्छ, तर उनीहरूको सम्बन्ध यति बलियो भएको छ कि यसलाई तोड्न धेरै गाह्रो हुनेछ।
स्रोतका अनुसार २०२० मा शाहरुखको ब्रान्ड मूल्य ५१.११ मिलियन डलर अर्थात् करिब ३८५ करोड भारतीय रुपैयाँ थियो। खान प्रत्येक विज्ञापनको लागी ३.५ देखि ४ करोड भारतीय रुपैयाँ लिन्छन्। उनले आफ्नो क्यारियरमा अहिलेसम्म ४० वटा ब्रान्डको समर्थनमा विज्ञापन गरेका छन्। यी कम्पनीहरूमा बिजुज, बास्केट, हुन्डाई, फ्रुटी, डेकोर, फेयर एण्ड हैण्डसम, आईसीआईसीआई बैंक, फूडपान्डा, रिलायन्स जियो र दुबई टुरिजम जस्ता प्रसिद्ध नामहरू सामेल छन्।
जहाँसम्म शाहरुख खानको सवाल छ, उनी हुन्डाई, एलजी, आईसीआईसीआई, दुबई टुरिजम र रिलायन्स जियो जस्ता धेरै ठुला ब्रान्डहरूको विज्ञापनमा छन्। तर, बिजू उनको सबैभन्दा ठुलो प्रायोजक ब्रान्ड मध्ये एक हो र स्रोतहरूका अनुसार उनी यसबाट ३.४ करोड कमाउँछन्। शाहरुख सँग एक नयाँ कम्पनीको विज्ञापन तीन हप्ता पहिले मात्र सुरु भएको हो।
विज्ञापन संसारमा शाहरुख खानको कद यो तथ्यबाट देख्न सकिन्छ कि डफ एण्ड फेल्प्सद्वारा हालसालै सेलिब्रिटी ब्रान्ड मूल्याङ्कन अध्ययनमा उनी ५१.१ मिलियन डलरको ब्रान्ड मूल्यसँग चौथो नम्बरमा थिए। एक अध्ययनको अनुसार बिजू टेलिभिजन विज्ञापनमा देशमा शीर्ष विज्ञापन उत्पादन ब्रान्डहरू मध्ये एक हो।
गत महिना साउथ चाइना मर्निङ पोस्टमा प्रकाशित एक समाचारमा खान परिवारलाई भारतको सबैभन्दा धनी बलिउड सेलिब्रिटी परिवारको रूपमा वर्णन गरिएको थियो। फोर्ब्सले गत महिना एउटा समाचारमा यो पनि लेखेको थियो कि शाहरुख खान २०२१ को सबैभन्दा धनी भारतीय सेलिब्रेटीहरुको सूचीमा चौथो स्थानमा छन् जसको सम्पत्ति ६९ मिलियन डलर छ। उनी रेड चिलीजको नाममा आफ्नै उत्पादन चलाउँछन् र इन्डियन प्रिमियम लिग क्रिकेट टिम कोलकाता नाइट राइडर्सका सह-मालिक पनि हुन्।
प्रतिक्रिया दिनुहोस