aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

संसद बैठक स्थगित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
संसद बैठक स्थगित

काठमाडाैं । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । देशका विभिन्न स्थानमा बाढी पहिरो जस्ता प्राकृतिक विपक्तिको कारण देखाँउदै बैठक स्थगित भएको सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए ।

आजको बैठकमा उर्जा, जलस्रोत तथा सिंचाई र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरु सोधिने र तिनको उत्तर दिने बारे संसद सचिवालयले कार्यसूची बनाएको थियो ।

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले “सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने, कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले “प्रशासकिय अदालत विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गर्ने कार्यसूची तय गरिएको थियो ।

यता नेपाली कांग्रेसले भने सो कार्यसूची परिवर्तन गरी प्राकृतिक विपत्तिबारे गृहमन्त्रीले जवाफ दिनुपर्ने कार्यसूची तय गर्न आग्रह गरेको थियो । 

प्रतिक्रिया दिनुहोस