
काठमाडौंमा । काठमाडौंमा रहेको अस्तब्यस्त पार्किङ र ट्राफिक जामलाई व्यवस्थित बनाउन महानगरपालिकाले स्मार्ट पार्किङको साथै थप अटोलिफ्ट सञ्चालन गर्ने भएको छ । महानगरले २०७६/७७ मा अटोलिफ्टको निमार्ण कार्य थाल्ने भएको छ । पुरानो महानगरपालिकाको भवनको १ रोपनी जग्गामा अटोलिफ्ट सञ्चालन गर्न लागेको महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले बताए ।
उक्त लिफ्टको लागि ५ करोड बजेट लाग्ने महानगरको भनाइ छ । महानगरले स्मार्ट पार्किङको सुरूवात गरेपनि सोचेको जस्तो स्मार्ट पार्किङ हुन सकेको छैन । एउटा पार्क भित्र लगभग १५० वटा बाईक मात्र पार्किङ गर्ने मिल्ने छ । न्युरोडको अत्याधिक गाडि र बाइक पार्किङ गर्नको लागि ठाउँ पुगेको छैन् । न्युरोडको स्मार्ट पार्किङले पार्क गर्न नपुगे पछि अब महानगरले अटोलिफ्ट सिस्टम सुरूवात गर्नेलागेको हो ।
घट्यो स्मार्ट पाकिङको भाडा
महानगरले सुरूवात गरेको स्मार्ट पार्किङको भाडा घटेको छ । पार्किङ गरेपछि वा पार्किङको लागि बुक गरेपछि एक घण्टा सम्म २५ रूपैया शुल्क लाग्ने नियम बनाएको थियो तर त्यो शुल्क घटेर अहिले आधा घण्टाको १५ रूपैयाँ र एक घण्टाको २५ रूपैया लिने गरेको छ । गाडिको लागि आधा घण्टाको ५० रूपैया र एक घण्टाको ८० रूपैया शुल्क लिदै आएको महानगरले जनाएको छ ।
न्युरोडमा बनाएको स्मार्ट पाकिङ सर्वसाधारण जनताले भन्दा पनि व्यवसायिहरूले लामो समय पार्किङ गर्दा महंगो भएको व्यवसायिले गुनासो गरिरहेका छन् ।
डंगोलले भने ‘स्मार्ट पार्किङ सर्वसाधारण जनता जो एक, आधा घण्टाको लागि मात्र आउँछ त्यो व्यक्तिको लागि मात्र बनाएको हो कुनै व्यवसाय गर्ने व्यक्तिको लागि बनाएको होइन, व्यवसाय गर्ने व्यक्तिले त आफ्नो व्यवसाय गरेकै ठाउँमा पार्किङ बनाउनु पर्छ’ ।
स्मार्ट पार्क सर्वसाधारण जनताको लागि बनाइएको भएकाले व्यवसायिलाई पार्क नगर्न महानगरले आग्रह गरेको छ । महानगरले स्मार्ट पार्किङको लागि १०० जना कर्मचारी बाइकको रेखखदेख गर्न खटाएको छ । वाइक पार्किङ बाट मात्रै दैनिक लगभग ५० हजार रूपैयाँ संकलन हुने स्मार्ट पार्किङमा खटिएका एक कर्मचारीले बताए । तर स्मार्ट पार्किङका हरिस अग्रवालले भने हाल सम्म दुई पाङगे्र र चार पाङग्रे सवारीबाट १ लाख मात्र शुल्क उठेको बताए ।
उनले भने ‘सबै स्मार्ट पार्किङहरू एकै चोटी सञ्चालनमा नआएकोले रकम कम उठेको हो विशाल बजारमा केही समय पहिला देखि सञ्चालनमा आएको हो तर दरबारमार्गमा ३ दिन अगाडि देखि मात्र सञ्चालनमा आएको छ त्यसकारण पैसा कम उठेको हो’ । स्मार्ट पार्किङको लागि महानगरले ह्वील्स ट्रली योर्स संस्थासँग सहकार्य स्मार्ट पार्किङ सुरू गरेको हो । उक्त पार्किङ तत्कालको आवश्यकता पूर्ति गर्नको लागि यसको सुरूवात गरेको हो ।
प्रतिक्रिया दिनुहोस