aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

१ लाख ८० हजार घुससहित सिञ्चाई कार्यालयका प्रमुख पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ३० असार २०७६
१ लाख ८० हजार घुससहित सिञ्चाई कार्यालयका प्रमुख पक्राउ

काठमाडाैं । भोजपुर सदरमुकामस्थित सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख १ लाख ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

प्रदेश १ अन्तर्गतको जलस्रोत तथा सिञ्चाइ विकास डिभिजन कार्यालयका प्रमुख इन्जिनियर मोहनबाबु यादवलाई उपभोक्ता समितिबाट घुस लिंदै गर्दा सोमबार १२ बजेतिर अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले पक्राउ गरेको हो ।

षडानन्द नगरपालिका १३ स्थित छाँगे खोला सिञ्चाई आयोजनाको चालु आर्थिक वर्षको योजनाको फरफारक गर्ने क्रममा उपभोक्ता समितिका अध्यक्षलगायत पदाधिकारीबाट इन्जिनियर यादवले सो रकम लिएको अख्तियारले बताएको छ ।

करिब ९८ लाख रुपैयाँ लागत अनुमान रहेको सो सिञ्चाई आयोजनाको यो वर्ष १७ लाख ८७ हजार १ सय ६७ रुपैयाँको काम गर्ने गरी सम्झौता भएको थियो । उपभोक्ता समितिका एक सदस्यका अनुसार इन्जिनियर यादवले २० प्रतिशत कमिशन दिए मात्र मूल्यांकन गरि बील पास गरिदिने बताउँदै आएका थिए । इन्जिनियर यादव कार्यालय नजिको फुपु भदैनी खाजा घर एण्ड लजमा घुससहित पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस