
काठमाडौ । संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले संचार माध्याममा एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने
बताएका छन् ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सरकारले संचार माध्याममा विदेशी लगानी स्विकार गर्नै नसक्ने प्रष्ट पारेका छन् ।
आज(सोमवार) काठमाडौंमा संचार उद्यमीहरुसँगको अन्तरक्रियामा उहाँले एउटै संचार माध्यामलाई रेडियो, टिभी र एफएमहरुमा लगानी गर्न नदिने चेतावनी पनि दिए । उनले संचार माध्यामहरुलाई आतंकवादी गतिविधिलाई हेर्ने दृष्टिकोण स्पष्ट पार्न र विदेशी लगानी स्विकार्य नहुनेसमेत बताए ।
केही दिनयता हिंसालाई प्रश्रय दिने खालका समाचार केही संचार माध्यामबाट आउन थालेकोमा मन्त्री बास्कोटाको आपत्ति छ ।
मन्त्री बास्कोटाले श्रमजीवी पत्रकारहरुलाई न्यूनतम पारिश्रमिक नदिने संचार माध्यामलाई कार्वाही हुने पनि ताएका छन् । उनले संचार माध्यमहरुको नियमन गर्न सरकार प्रतिवद्ध भएर लागि परेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस