aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

कुरानको अपमान गरेको भन्दै बंगलादेशमा साम्प्रदायिक हिंसाले उग्र रुप लिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ३१ असोज २०७८
कुरानको अपमान गरेको भन्दै बंगलादेशमा साम्प्रदायिक हिंसाले उग्र रुप लिँदै

एजेन्सी । साम्प्रादिक हिंसाबीच बंगलादेशको राजधानी ढाकामा लगातार दोस्रो दिन प्रदर्शनको आयोजना गरिएको छ । मुस्लिमहरुको धर्मग्रन्थ कुरानलाई एक हिन्दु मन्दिरको मूर्तिको खुट्टा मुनि राखेको तस्विर भाइरल भएपछि देशभर हिन्दुहरुमाथि आक्रमण भइरहेका छन् । देशका विभिन्न स्थानमा मन्दिरहरूमाथि तोडफोड भएका छन् ।

शनिबार करिब १० हजार प्रदर्शनकारीहरु इस्लामिक राजनीतिक दलहरुको झण्डा बोकेर ढाकाको सडकमा उत्रिएका थिए । शुक्रबार सोही स्थानमा भएको प्रदर्शनमा प्रहरीसँग झडप भएको थियो । उनीहरुले इस्लामका दुश्मनहरुलाई सजाय दिन र दोषीलाई झुण्डाउन माग गर्दै नाराबाजी गरेका थिए । 

द गार्जियानका अनुसार पछिल्लो हिंसामा कम्तिामा ७ जनाले ज्यान गुमाइसकेका छन् । हिन्दुहरुमाथि आक्रमण बढेपछि हिन्दु समुदायका कबिर १ हजार जनाले पनि प्रदर्शन गरेका छन् । बंगलादेशमा कूल जनसंख्याको करिब ९ प्रतिशत हिन्दु रहेका छन् ।
 

प्रतिक्रिया दिनुहोस