
एजेन्सी । इटीमा १७ जना अमेरिकी क्रिस्चियन धर्मप्रचारकहरूलाई आपराधिक समूहले शनिवार अपहरण गरेको छ । अपहरणमा पर्नेमा १४ वयस्क र तीन नाबालक छन् ।
धर्मप्रचारकहरू क्रोआ देस बुकेट्स क्षेत्रमा रहेको एक अनाथालयको भ्रमणपछि गाडीमा टिटानयेनतर्फ गइरहेका थिए ।
उनीहरूलाई बाटैमा अपराधीहरूले अपहरण गरेका हुन् । अमेरिकाको परराष्ट्र मन्त्रालयका एक प्रवक्ताले अपहरणको खबर पाएको बताए ।
प्रतिक्रिया दिनुहोस