aarthiknews.com शनिबार, २५ जेठ २०८२   Saturday, 07 June, 2025
 

यी हुन् तीव्र गतिमा रेल गुडाउने देश, ६०२ किमी प्रतिघण्टा गति सहित जापान १ नम्बरमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, ०१ कार्तिक २०७८
यी हुन् तीव्र गतिमा रेल गुडाउने देश, ६०२ किमी प्रतिघण्टा गति सहित जापान १ नम्बरमा

काठमाडौँ। सन् १८०२ मा जब स्टिम लोकोमोटिभको आविष्कार भयो त्यसयता रेल एक सामाजिक शक्तिका रूपमा समेत रहँदै आएको छ। औद्योगिक क्रान्तिको उचाइमा रहेका बेला ब्रिटेनमा आविष्कार भएको बाफको माध्यमबाट चल्ने रेलको कारण बेलायतलाई साम्राज्य फैलाउन र त्यहाँ सामान र मान्छे ढुवानी गर्न  सहज भएको थियो। 

चाँडै नै यो प्रविधि दुनियाँभर फैलियो अन्य राष्ट्रहरूले पनि आफ्नो रेलवे नेटवर्क निर्माण गरे। व्यापारको सुविधाको लागी र एक भरपर्दो यातायातको साधनको रूपमा यसको प्रयोग हुन थाल्यो।  

जसरी राष्ट्रहरूले धेरै रेलवे निर्माण गर्न हतार गरे अहिले उनीहरूले छिटो कुद्ने रेलहरू बनाउने दौडमा छन्। सन् १९६४ मा जापानले बनाएको टोकैको शिन्केन्सेन वा "बुलेट ट्रेन" पहिलो उच्च गतिको रेल थियो। यो १२४ माइल प्रतिघण्टा वा २०० किमी/घण्टा भन्दा उच्च गतिमा दौडन सक्थ्यो। 

यसरी तीव्र गतिको रेल पहिलो पटक तयार गर्ने जापान अहिले पनि यो मामिलामा अग्र स्थानमा छ। जबकि धेरै चर्चा चीनले निर्माण गरेको बुलेट ट्रेनको हुने गरेको छ। 

जे होस् यो सब भन्दा छिटो नियमित सञ्चालन हुने बुलेट ट्रेनहरु ३०० किलोमिटर प्रतिघण्टा भन्दा छिटो चलिरहेका छन्।  यी रेलहरू चुम्बकीय रेल मार्गमा दौडने गर्छन्। जसमा लिकमा कुनै घर्षण हुँदैन र रेल अत्यन्त छिटो कुद्न सक्छ। 

यस्तो रेलमा अहिले पनि जापानले बनाएको रेल सबैभन्दा अघि छ जुन ६०२ किलोमिटर प्रतिघण्टाको गतिमा चल्छ।  उता दोस्रोमा भने चीन छ, उसले सञ्चालनमा ल्याएको लामो रेल ६०० किलोमिटर प्रतिघण्टाको गतिमा सांघाईमा चलिरहेको छ। 

वास्तवमा, चीनसँग संसारका आठ सब भन्दा छिटो चल्नेरेलहरु मध्ये आधा छ। जापान र दक्षिण कोरिया सहित एसिया उच्च गतिको रेल नेटवर्क सहित विश्वमा नै अगाडी छ। 

उता युरोपमा परम्परागत बिजुली रेलहरू पनि तीव्र गतिका रेलको सूचिमा छन्।  फ्रान्सको रेल ५७५ किमी प्रतिघण्टाको गतिमा दौडन्छ भने र इटालीको ३९४ किलोमिटर प्रतिघण्टाको गतिमा चलिरहेको छ। 

प्रतिक्रिया दिनुहोस