aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

क-कसलाई भेटे भेनेजुयलाका राष्ट्रपति पुत्रले ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
क-कसलाई भेटे भेनेजुयलाका राष्ट्रपति पुत्रले ?

भेनेजुयलाका राष्ट्रपति निकोलास मडुरोका छोरा निकोलास मडुरो गुयराले नेपाल भ्रमणका क्रममा उच्चस्तरीय राजनीतिक भेटघाट गरेका छन् ।

नेकपाको युवा संगठनको नियमन्त्रणामा नेपाल आएका उनले सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेको युवासँघका अध्यक्ष रामप्रसाद सापकोटाले जानकारी दिएको खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पाल भ्रमण रहेका उक्त टोलीले नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, नेकपाकै नेता वामदेव गौतम र नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठसँग भेट गरेका थिए। दाहालसँग सोमबार बिहान खुमलटारमा, खनालसँग शनिबार होटल याक एण्ड यति, गौतमसँग भैसेपाटीमा र श्रेष्ठसँग सोनपास्थित समिट होटलमा भेट गरेका थिए। भेटमा समसामयिक राजनीति छलफल भएको सहभागी नेकपाका एक नेताले बताए।

प्रतिक्रिया दिनुहोस