aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

के यति मात्र हो कुटनीतिक नियोगको काम ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
के यति मात्र हो कुटनीतिक नियोगको काम ?

पर्यटन प्रवद्र्धनसम्बन्धी कार्यक्रम सम्पन्न । कामदारसँग अन्तरक्रिया। रोजगारदाता कम्पनीको भ्रमण । युुरोप, अमेरिकामा नेतालाई स्वागत । ‘ट्रान्जिट’ मा नेताको स्वागत । मन्त्रीहरूको आगमन र प्रस्थान ।

विदेशस्थित नेपाली कूटनीतिक नियोगबाट फाट्टफुुुुट्ट सम्प्रेषण हुुुुने प्रेस विज्ञप्तिका नमुना हुुन् यी । विदेशमा ३० दूतावास, तीन स्थायी नियोग र ६ महावाणिज्य दूतावास छन् । कुुनै न कुुनैले यस्ता विज्ञप्ति निकालिरहन्छन् । यसबाट कामै यत्ति हो कि भन्ने भान हुुन्छ ।

त्यहाँको विदेश मन्त्रालय वा राजनीतिक तवरमा गरेका छलफल, लगानीसम्बन्धी कार्य, आर्थिक कूटनीतिमा अवलम्बन गरिएका कार्य बाहिर आउँदैनन् । उनीहरूले परराष्ट्र मन्त्रालयमा पठाउने प्रगति विवरणमा पनि यस्तै हल्काफुुल्का कुुरा हुुुुन्छन् ।

गम्भीर विषयका विवरण एक–दुुई राजदूतले पठाउँछन् । दूतावासले हरेक महिना आआफ्ना कामको समीक्षा प्रतिवेदन पठाउँछन् । ती सबै परराष्ट्रसचिव र सम्बन्धित महाशाखामा आउँछन् ।

प्रतिक्रिया दिनुहोस