aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

दुई जनाको ‘हेपाहा पिटाइ’बाट एक दलितको ज्यान गयो

  • आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
    आजको अन्नपूर्ण पोस्ट् दैनिकबाट
  • बुधबार, ०३ कार्तिक २०७८
दुई जनाको ‘हेपाहा पिटाइ’बाट एक दलितको ज्यान गयो

काठमाडौं । मानौँ, कसैले रक्सी पिएर हल्ला गर्यो भने पिट्न पाइन्छ ? त्यसमा पनि ज्यानै जाने गरी ? यहाँ यस्तै घटना भएको छ । दुई जनाको ‘हेपाहा पिटाइ’ बाट एक दलितको ज्यान भएको केही दिन भइसकेको छ, प्रहरी र समाज भने यसलाई सामान्य रुपमा लिइरहेका छन् । उनीहरु हल्का रुपमा भन्छन्, ‘स्क्सी पिएर हल्ला गरेछ । यसो पिटेको खुत्रुक्कै गएछ ।’

दसैँको नवमीका दिन घर नजिकैको बजार निस्केका थिए, ५८ वर्षीय भीमबहादुर विक । करिब डेढसय मिटर परेको चोकबाट तरकारी लिएर आउँछु भनी गएका उनी फर्किएनन् । तरकारी त आएन ९ आएन, भीमबहादुरको जिन्दगी पनि आएन । प्रतिक्षाकैबीच करिब डेढ घण्टामा आफ्ना श्रीमान् कुटेर सख्त घाइते भएको खबर पाइन् उनले । हस्याङफस्याङ गर्दै ५७ वर्षीया विन्दु चितवन मेडिकल कलेज पुगिन्, जहाँ भीमबहादुरलाई लगिएको भनिएको थियो ।

अस्पताल छिर्नासाथ पोष्टमार्टमको गाइँगुइँ चेलेको सुनिन् । मनमा चिसो पस्यो । उनले अड्कल काटिन्, श्रीमान्ले संसार छाडेछन् । त्यस दिनदेखि उनका आँखा ओभाना भएका छैनन् । सबैको घरमा दसैँको रौनक छाएको बेला विक परिवार शोकमा डुबेको छ । न्यायका लागि हारगुहार गरिरहेको छ ।

प्रत्यक्षदर्शी र सम्बन्धित व्यक्तिले प्रहरीमा दिएको बयानअनुसार भरतपुर ४, दुर्गा चाकमा भीमबहादुरलाई औषधि व्यवसायी दिलिप श्रेष्ठले थप्पड हानेका थिए । भुइँमा पछारिएका उनको केहीबेरमा ज्यान गयो । भीमबहादुरलाई त्यसअघि स्थानीय सीताराम बस्नेतले प्लास्टिकको पाइपले हिर्काएका थिए । श्रेष्ठ र बस्नेतको आरोप छ, ‘भिमबहादुरले करिब दुई वर्षदेखि रक्सी पिउन छाडेका थिए । प्रत्यक्षदर्शी स्थानीय बासिन्दाले त्यस दिन रक्सी पिएको हालतमा भने देखेको बताए ।

प्रतिक्रिया दिनुहोस