aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सुन तोलामा एक सयले बढ्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०३ कार्तिक २०७८
सुन तोलामा एक सयले बढ्यो

काठमाडौं । सुनको मूल्य बुधबार एक सय रुपैयाँ  वृद्धि भएर तोलाको ९१ हजार चार सय रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला मूल्य एक सय रुपैयाँले बढ्ेर करोबार भएको हो ।  

सोमबार सुनको मूल्य प्रतितोला ९१ हजार ३०० तोकिएको थियो । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६०० मा कारोबार भएको थियो । यसअघि सोमबार पनि सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँ पुगेको थियो । 

महासंघले सार्वजनिक गरेको तथ्यांकमा बुधबार तेजाबी सुन प्रतितोला रु ९० हजार ९०० मा कारोबार हुनेछ जुन सोमबार प्रतितोला  ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार बुधबार  चाँदीको मूल्य सोमबारको तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २३५ पुगेको छ  । चाँदी सोमबार प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।  नेपाल सुनचाँदी तथा रत्न आभुषण व्यवसायी महासंघका अध्यक्ष रमेश महर्जनको असामयिक निधनको शोकमा मङ्गलबार सुनचाँदी व्यवसायीले कारोबार बन्द गरेका थिए ।

प्रतिक्रिया दिनुहोस