aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

भारी वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको ८८ पुगे

  • आजको कान्तिपुर दैनिकबाट
    आजको कान्तिपुर दैनिकबाट
  • विहीबार, ०४ कार्तिक २०७८
भारी वर्षाका कारण बाढीपहिरोमा परी मृत्यु हुनेको ८८ पुगे

काठमाडौं । मनसुन सकिएपछि आएको भारी वर्षाका कारण बाढीपहिरोमा परी बुधबार थप ७२ सहित मृत्यु हुनेको ८८ पुगेको छ । दूरपश्चिमबाट सुरु भएको अविरल वर्षा मंगलबारदेखि पूर्वतर्फ सर्दा पूर्वी पहाडी जिल्लामा जनधनको क्षति बढी भएको छ । बुधबार पाँचथरमा २७, इलाममा १३, धनकुटामा ७, उदयपुरमा २ र मोरङमा ज्ञ जनाको मृत्यु भएको छ ।

त्यसैगरी पश्चिमका बझाङ र हुम्लामा ६,६, डोटीमा ५, कपिलवस्तु, प्यूठान, डडेलधुरा, बैतडी र कैलालीमा ज्ञ,ज्ञ जनाको ज्यान गएको हो । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मात्रै २१ जनाको मृत्यु भएको र ३ जना बेपक्ता रहेको पालिका अध्यक्ष अमर माखिमले बताए ।

मंगलबार राति पहिरोमा पर्दा पाच्थरको फिदिम ४ मा २, फाल्गुनन्दमा ३ र कुम्मायकमा १ जनाको मृत्यु भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले दर्जनौं घर, परिवार विस्थापित भए पनि टेलिफोन र मोबाइल सेवा अवरुद्ध भएका कारण क्षतिको पूर्ण विवरण संकलन हुन नसकेको बताए ।

इलामको फाकफोकथुम गाउँपालिकामा पुरिएर एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । घरमाथिको ढिस्को खस्दा ८६ वर्षीय नैनसिंह कटुवाल, ७५ वर्षीय रनदक्ता थापा, १५ वर्षीया निशाना कटुवाल र १३ वर्षीय निश्चित कटुवालको मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस