aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सिभिल सहकारीका पीडित दैनिक बढ्दै, गठी गर्ने १२ जना पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ०४ कार्तिक २०७८
सिभिल सहकारीका पीडित दैनिक बढ्दै, गठी गर्ने १२ जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को महाराजगन्जस्थित कार्यालयमा पछिल्ला दिन सिभिल सेभिङ एन्ड क्रेडिट को अपरेटिभ लिमिटेडविरुद्ध जाहेरी दिनेहरुको भिड लाग्ने गरेको छ ।

संगठित रुपमा निक्षेपकर्ताको सात अर्ब रुपैयाँभन्दा धेरै रकम ठगी गरेको भन्दै ब्युरोले गत १९ असोजमा सहकारीका संस्थापक अध्यक्ष तथा पूर्वसांसद इच्छाराज तामाङसहित १२ जनालाई पक्राउ गरेको थियो ।

त्यसलगत्तै ब्युरो कार्यालयमा पीडितको भिड लाग्न थालेको हो । ब्युरोका अनुसन्धान मंगलबारसम्म सहकारीविरुद्ध एक हजार ६१ पीडितले जाहेरी दिइसकेका छन् । सबैको जाहेरीमा उल्लेखित रकमको एकमुष्ट परिमाण चार अर्ब ४५ करोड ३२ लाख ३४ हजार नौ सय २६ रुपैयाँ छ । यो दर दैनिक बढ्दै गएको ब्युरो प्रमुख डिआइजी धीरजप्रताप सिंहले बताए ।

‘ब्युरो कार्यालय सिभिल सहकारीपीडितको भिडले भरिने गरेको छ । अहिलेसम्म एक हजारभन्दा धेरै पीडितले जाहेरी दिइसेका छन् । जाहेरीमा उल्लेखित रकमको परिमाण साढे चार अर्ब रुपैयाँ पुगिसकेको छ । यो दर दैनिक बढ्दै गएको छ । हामी अनुसन्धान गरिरहेका छौँ,’ डिआइजी सिंहले भने ।

प्रतिक्रिया दिनुहोस