aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

बढ्ने भो एमबिबिएसको शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
बढ्ने भो एमबिबिएसको शुल्क

मेडिकल कलेजको शुल्क बृद्धि गर्ने तयारी थालिएको छ ।

राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनमा सार्वजनिक शिक्षण संस्थाबाहेक अन्य शैक्षिक संस्थाको हकमा आयोगले सम्बन्धित विश्वविद्यालय, प्रतिष्ठान तथा शिक्षण संस्थासँग परामर्श गरी शुल्क निर्धारण गरिने भन्ने उल्लेख भएसँगै चिकित्सा शिक्षा आयोगमार्फत शुल्क बृद्धि गर्ने तयारी थालिएको हो ।

शिक्षा मन्त्रालयका सचिव खगराज बरालले आयोगलाई पूर्णता दिने गरी काम अघि बढाइएको बताए । उनले आयोगको संगठनात्मक संरचना टुंगिने गरी काम अघि बढाइएको बताए । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस