aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

देशभरीका किसान रोइरहँदा प्रचण्ड भने मस्तिमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०५ कार्तिक २०७८
देशभरीका किसान रोइरहँदा प्रचण्ड भने मस्तिमा

काठमाडौं । मुलुक अहिले बेमौसमी बर्षाले निम्ताएको बितण्डाका कारण पिडामा छ । बर्षभरी खानुपर्ने धान खेतमै उम्रीदा देशैभरीका किसानहरु अकल्पनीय पिडामा छन् । तर पुर्व प्रधानमन्त्री एवंम सत्तारुढ प्रमुख घटक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' भने पारिवारिक राम रमाइलोमा मस्त छन् । उनी शुक्रबार परिवारको सदस्य र आफ्नो दलबल सहित धुलिखेल पुगेर जिपलाइनमा मस्ति गरेका हुन् ।

सहासिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाइ छ । सिन्धुपाल्चोकका केदार थापा र काठमाडौका भुपेश श्रेष्ठले वल्ड वाइड एड्भेन्चर मार्फत धुलिखेल जिप लाइन, रिसोर्ट र एडभेन्चर पार्क सन्चालनमा ल्याएका हुन् । 

जिपलाइनको टेक अफ (थाक्लेडाँडा, धुलिखेल) देखि ल्यान्डिङ स्टेसन (खावा, पाँचखाल) सम्मको जिपलाइन दुरि  ११ सय मीटर रहेको छ । भर्टिकल ड्रप दुई सय ४० फीट रहेको जिपलाइन ७० किलोमीटर प्रति घण्टाको औसत गतिमा पार हुन्छ।

काठमाडौबाट करिब ३५ किलोमीटर दुरिमा रहेको जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा शुरु भएको हो। धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन छ। क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइन खेल्न पाइन्छ। 

खावास्थित ‘ल्यान्डिङ स्टेसन’मा ८ फरक एडभेन्चर कोर्स सहित एडभेन्चर पार्क छन् । त्यहाँबाट लाङटाङ, दोर्जेलाक्पा, फूर्वीच्याचू लगायताका हिमाल समेत अवलोकन गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस