aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

उत्तरी चीनमा रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ कार्तिक २०७८
उत्तरी चीनमा रासायनिक भट्टी विष्फोट हुँदा ४ जनाको मृत्यु ३ घाइते

बेइजिङ । उत्तरी चीनको भित्री मंगोलिया स्वायत्त क्षेत्रको एउटा रासायनिक कारखानामा शुक्रबार बेलुका विष्फोट हुँदा चार जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।

उक्त विष्फोट राति ११ः०० बजे भएको थियो। अल्क्सा लीग (प्रिफेक्चर) को बायन ओबो औद्योगिक पार्कमा रहेको रासायनिक प्लान्टको कार्यशालामा शुक्रबार लागेको आगो शनिबार बिहानै निभाइएको छ । 

फर्मका कानुनी प्रतिनिधिलाई स्थानीय सार्वजनिक सुरक्षा अधिकारीहरूले नियन्त्रणमा लिएका छन्  भने कम्पनीले उत्पादन रोकेको छ।  दुर्घटनाको कारण पत्ता लगाउन क्षेत्रीय सरकारले छानबिन टोली गठन गरेको छ । सिन्ह्वा

प्रतिक्रिया दिनुहोस