aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

भारतमा अहिलेसम्मकै ठूलो आईपीओ आउदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०६ कार्तिक २०७८
भारतमा अहिलेसम्मकै ठूलो आईपीओ आउदै

एजेन्सी । भारतीय डिजिटल भुक्तानी र वित्तीय सेवा फर्म पेटीएमले साधारण शेयर (आईपीओ) को लागि भारतको धितोपत्र बजार नियामक सेक्युरिटी एक्सचेन्ज बोर्ड अफ इन्डिया (सेबी) को स्वीकृति प्राप्त गरेको छ । पेटीएमले आईपीओ मार्फत १६,६०० करोड रुपैयाँ जुटाउने योजना बनाएको हो । मिडिया रिपोर्ट अनुसार उक्त आईपीओ नोभेम्बरको मध्यसम्म भारतको धितापत्र बाजरमा सूचीकेत हुने सम्भावना रहेको छ । 

पेटीएमले सार्वजनिक निष्कासन गर्न लागेको आइपीओ भारतको सबैभन्दा ठूलो हुने दावी गरिएको छ ।  यदि यो १६,६०० करोड रुपैयाँको लक्ष्य पूरा गरेमा २०१३ मा कोल इन्डिया लिमिटेडले उठाएको १५,००० करोड रुपैयाँको रेकर्ड टोडिने छ । 

पेटीएमले इक्विटी मार्फत ८,३०० करोड रुपैयाँ र बिक्रीको लागि प्रस्ताव मार्फत ८,३०० करोड रुपैयाँ उठाउने योजना बनाएको छ । पेटीएमका संस्थापक विजय शेखर शर्मा र अलिबाबा समूहका कम्पनीहरूले प्रस्तावित बिक्री प्रस्तावमा आफ्नो केही हिस्सेदारी घटाउने योजना बनाएका छन् । 

पेटीएमका शेयरधारकहरुमा अलीबाबाको एन्ट ग्रप २९.७१ प्रतिशत, सफ्टबैंक भिजन फण्ड(१९.६३ प्रतिशत, सैफ पार्टनर्स १८.५६ प्रतिशत र विजय शेखर शर्मा १४.६७ प्रतिशत रहेको छ । एजीएच होल्डिङ, टी रो प्राइज, डिस्कभरी क्यापिटल र बर्कशायर ह्याथवेको कम्पनीमा १० प्रतिशतभन्दा कम स्वामित्व रहेको छ । 
 

प्रतिक्रिया दिनुहोस