aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

युक्रेनमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
युक्रेनमा हेलिकप्टर दुर्घटना, पाइलटको मृत्यु

युक्रेन । युक्रेनको उत्तरपूर्वी सुमी क्षेत्रमा एमआई–२ हेलिकप्टर आइतबार दुर्घटना हुँदा हेलिकप्टरका पाइलटको मृत्यु भएको प्रहरीले जनाएको छ । युक्रेन सरकारले उक्त घटनाको अनुसन्धान अघि बढाएको छ ।

प्रहरी प्रवक्ता इल्भिरा बिगानोभाले दुर्घटनाको कारण अझै खुल्न बाँकी रहेको जानकारी दिनुभयो । उक्त हेलिकप्टर जमिनमा औषधि छर्नेक्रममा दुर्घटनाग्रस्त भएको थियो ।

यसै महिनाको शुरुमा पनि एउटा सानो बिमान दुर्घटनाग्रस्त हुँदा एक जनाको मृत्यु हुनुका साथै अर्का एक व्यक्ति घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस