aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

अमेरिकी सैन्य अखडा किर्गिजस्तानबाट पनि भाग्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०७ कार्तिक २०७८
अमेरिकी सैन्य अखडा किर्गिजस्तानबाट पनि भाग्ने

    बिस्केक । किर्गिजस्तानमा अमेरिकी सैन्य अखडा नरहने राष्ट्रपति सदिर झापारोभले शनिबार बताउछन ।  उनले भने, 'हामीसँग कान्ट सहरमा रुसी बेस छ। हामीलाई देशमा अमेरिकी सैन्य आधार चाहिँदैन। हाम्रो लागि एउटा सैन्य आधार पर्याप्त छ ।' राष्ट्रपति झापारोभले आफ्नो वार्षिक पत्रकार सम्मेलनमा भने, 'संयुक्त राज्य अमेरिका सैन्य अड्डा सम्बन्धी सम्झौता धेरै वर्ष पहिले नै समाप्त भयो।'

 संयुक्त राज्य अमेरिका र यसको उत्तर एट्लान्टिक सन्धि संगठनका सहयोगीहरूले आतङ्कवादसँग लड्ने नाममा सन् २००१ मा मानस अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई अड्डा खोलेका थिए र सन् २०१४ मा सम्झौताको म्याद सकिएपछि बन्द गरिएको थियो। सिन्ह्वा

प्रतिक्रिया दिनुहोस