aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 
७३ प्रतिशत मतसहित युक्रेनी राष्ट्रपतिमा हास्यकलाकार विजयी

७३ प्रतिशत मतसहित युक्रेनी राष्ट्रपतिमा हास्यकलाकार विजयी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १० बैशाख २०७६
७३ प्रतिशत मतसहित युक्रेनी राष्ट्रपतिमा हास्यकलाकार विजयी

काठमाडौं । युक्रेनको राष्ट्रपतिका लागि आइतबार भएको मतदानमा हास्यकलाकार भोलोदिमर जेलेन्स्की विजयी भएका छन् । उनले वर्तमान राष्ट्रपति पेट्रो पोरोसेन्कोलाई ठूलो मतान्तरले पराजित गरेका छन् ।

राजनीतिमा खासै अनुभव नभएका ४१ वर्षीय जेलेन्स्कीले ७३।२ प्रतिशत मत प्राप्त गरेका छन् ।  निर्वाचन आयोगका अनुसार पोरोसेन्कोले २४ दशमलव ४ प्रतिशत मात्र मत प्राप्त गरेका छन् । चुनावमा राष्ट्रपति पोरोसेन्को र हास्यकलाकार भोलोदिमर जेलेन्स्कीबीच कडा प्रतिस्पर्धा हुने पछिल्ला जनमत सर्वेक्षणले देखाएका थिए । पहिलो चरणमा कुनै पनि उम्मेदवारले पूर्ण बहुमत नल्याएकाले आइतबार दोस्रो चरणमा राष्ट्रपतिको मतदान भएको थियो ।  

पराजित राष्ट्रपति पोरोसेन्कोले आफ्नो हार भएको स्विकार्दै विजयी जेलेन्स्कीलाई बधाई दिएका छन् ।  सन् २०१४ देखि सत्तामा रहेका पोरोसेन्कोले ‘अप्रत्यासित’  निर्वाचन परिणामले देशलाई अनिश्चित दिशातर्फ लैजाने दाबी गरे ।

‘म पद त्यग्छु, तर राजनीति कहिल्यै त्याग्दिनँ,’ उनले भने । पछिल्लो नतिजाबाट रुस खुसी भएको हुन सक्ने भन्दै युक्रेनले पश्चिमा राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ हुनुपर्नेमा जोड दिए  । विश्लेषकहरूले नवनिर्वाचित राष्ट्रपति जेलेन्स्कीले रुससँगको सम्बन्धलाई पुनः परिभाषित गर्ने अनुमान गरेका छन् । मस्कोले युक्रेनी जनताले परिवर्तन चाहेको निर्वाचन परिणामले देखाएको जनाएको छ । नयाँ पत्रिका दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस