aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढ्यो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • सोमबार, ०८ कार्तिक २०७८
बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढ्यो

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको बीमा शुल्क सङ्कलन अघिल्लो वर्षभन्दा २७.८८ प्रतिशतले बढेको छ। नियामक निकाय बीमा समितिका अनुसार यो वर्षको असोज मसान्तसम्ममा निर्जीवन बीमा शुल्क सङ्कलन नौ अर्ब ६९ करोड ३४ लाख रुपियाँ पुुगेको छ।

अघिल्लो वर्षको सोही अवधिमा निर्जीवन बीमा शुल्क सङ्कलन सात अर्ब ५८ करोड रुपियाँ रहेको थियो। यो वर्षको असोज मसान्तसम्ममा जीवन बीमा शुल्क सङ्कलन ३८ अर्ब १८ करोड छ लाख रुपियाँ पुुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा जीवन बीमा शुल्क सङ्कलन ३२ अर्ब २८ करोड रुपियाँ रहेको थियो।सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनी र २० निर्जीवन गरी ३९ वटा कम्पनीको बीमा शुल्क सङ्कलन ४७ अर्ब ८७ करोड ४१ लाख रुपियाँ रहेको छ जुन अघिल्लो वर्षको तुलनामा २०.११ प्रतिशतले बढी हो। अघिल्लो वर्षको सोही अविधिमा कुल बीमा शुल्क सङ्कलन ३९ अर्ब ८६ करोड रुपियाँ रहेको छ।

समितिका अनुसार यो वर्षको असोज मसान्तसम्मा जीवन बीमालेख सङ्ख्यामा २०.३८ प्रतिशतले वृद्धि भएको छ भने वैदेशिक रोजगार बीमालेख सङ्ख्यामा ३४.७६ प्रतिशतले वृद्धि भएको छ। निर्जीवन बीमालेख सङ्ख्या भने ०.१९ प्रतिशतले मात्रै वृद्धि भएको छ।बीमाको दायरामा आएको जनसङ्ख्या यो वर्षको असोज मसान्तसम्मा २६.३६ प्रतिशत पुुगेको छ।

प्रतिक्रिया दिनुहोस