
एजेन्सी । टाटा मोटर्सले आगामी चार वर्षमा २ अर्ब डलर लगानी गर्ने भएको छ । योबीचमा कम्पनीले १० वटा नयाँ विद्युतीय सवारीसाधन ल्याउने घोषणा गरेको छ । कम्पनीको प्यासेन्जर भेहिइकल बिजनेस युनिटका अध्यक्ष शैलेश चन्द्रका अनुसार यी नयाँ इलेक्ट्रिक सवारी साधनहरुमा केहि कार र केहि एसयूभीहरु हुने छन् ।
कम्पनीले इलेक्ट्रिक सवारी साधनहरुको लागी एक बलियो लन्चिंग योजना बनाएको चन्द्रले बताएका छन । जसले आगामी चारदेखि पाँच बर्षहरुमा २० प्रतिशत बिक्री हासिल गर्न सक्ने उनले दावी गरे । कम्पनीले १० वटा बिद्युतीय सवारी साधनहरु विद्युतीय सवारीहरुमा २ बिलियन डलरको लगानी कम्पनीमा उत्पादन क्षमता बढाउने र चार्जिङ नेटवर्क विस्तार गर्नमा लागनी गर्ने जनाइएको छ । निजी इक्विटी फर्म टीपीजी राइज क्लाइमेटले हालै टाटा मोटर्सको प्यासेन्जर इलेक्ट्रिक भेहिकल डिभिजनमा ९.१ बिलियन डलरको मुल्यांकनमा १ अर्ब डलर लगानी गरेको छ ।
कम्पनीसँग अहिले केवल दुई इलेक्ट्रिक सवारी साधनहरु नेक्सन र टिगोर ईभीको कम्पनीमा मासिक ३ हजारदेखि ३ हजार ५ सय सवारी साधनको बुकिङ गरिरहेको छ भने १ हजार मात्रै आपूर्ति गर्न सक्ने कम्पनीले जनाएको छ । सेप्टेम्बरमा कम्पनी इलेक्ट्रिक वाहनहरुको कुल बिक्री १०,००० एकाइ पार गरेको छ । । यसमा सबैभन्दा बढी बिक्री नेक्सनको रहेको छ ।
विद्युतीय सवारी साधनको बढ्दो मागको अनुमान गर्दै कम्पनीले भर्खरै टिगोर इलेक्ट्रिक सेडानको अपग्रेडेड संस्करण सार्वजनिक गरेको छ । टाटा मोटर्सको नेक्सन एसयूभी, टियागो र अल्ट्रोस एसयूभी बाहेक प्रिमियम अफ रोड रोडर हैरियर र सफारीको राम्रो माग रहेको छ ।
प्रतिक्रिया दिनुहोस