aarthiknews.com विहीबार, ०५ असार २०८२   Thursday, 19 June, 2025
 

सभापति देउवा यस कारण १४औं महाधिवेशन टार्दैछन्

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ कार्तिक २०७८
सभापति देउवा यस कारण १४औं महाधिवेशन टार्दैछन्

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा केही समय पार्टीको १४औं महाधिवेशन टार्दै जाने रणनीतिमा पुगेका छन्।

पार्टी विधान र संविधानअनुसार साढे पाँच वर्षभित्र महाधिवेशन गर्न असफल उनी अझै केही समय महाधिवेशन सार्ने र टार्ने रणनीतिमा पुगेका हुन्। भदौ १८ गतेबाट कांग्रेसको तल्लो तह ९वडा० अधिवेशन सुरु भए पनि अहिलेसम्म केही जिल्लामा क्रियाशील सदस्यता नै टुंगो लाग्न सकेको छैन। त्यसैलाई कारण देखाएर सभापति देउवा आमनिर्वाचनपछि मात्र पार्टीको महाधिवेशन गराउने पक्षमा जुटेका हुन्।


निर्वाचन आयोगले सोमबार चैत पहिलो साता स्थानीय निर्वाचन गर्न प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवालाई सुझाएको छ। त्यतिमात्र होइन, फागुन २० बाट राष्ट्रियसभाका २० सांसदको पदावधि सकिँदैछ।माघ पहिलो साता उक्त पदका लागि निर्वाचन गर्ने सरकार र निर्वाचन आयोगको तयारी छ। सभापति देउवा स्थानीय निर्वाचनभन्दा पहिला आमनिर्वाचन ९प्रतिनिधिसभा० गराउने पक्षमा छन्।

अर्को मंसिरमा गर्नुपर्ने निर्वाचन आगामी वैशाख–जेठमै तान्ने र त्यसपछि मात्र स्थानीय तहको निर्वाचन गराउने दाउमा रहेका देउवा विभिन्न तहका निर्वाचनलाई देखाएर पार्टीको १४औं महाधिवेशन पर सार्ने रणनीतिमा जुटेका छन्।

चौथोपटक तोकिएको महाधिवेशनको मिति ९मंसिर ९ देखि १३० आउन एक महिनामात्र बाँकी छ। तर त्यसका लागि गर्नुपर्ने कुनै तयारी अघि बढेको छैन। उक्त मितिमा पनि कांग्रेस महाधिवेशन नहुने लगभग निश्चित भइसकेको छ।

कतिपय नेताले भने तोकिएकै मितिमा महाधिवेशन हुने दाबी गर्दै आएका छन्। उनीहरूले महाधिवेशनका लागि नेतृत्वलाई दबाब दिन भने छाडेका छन्।

प्रतिक्रिया दिनुहोस