aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

मुम्बाई क्रुज ड्रग्स काण्ड झन रोचक बन्दै, आर्यनपछि अनन्या फस्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ कार्तिक २०७८
मुम्बाई क्रुज ड्रग्स काण्ड झन रोचक बन्दै, आर्यनपछि अनन्या फस्दै

एजेन्सी । भारतको मुम्बाई क्रुज ड्रग्स प्रकरणमा दिनहुँ चकित पार्ने खुलासाहरू भइरहेका छन् ।  शाहरुख खानका छोरा आर्यन खानपछि अब अनन्या पाण्डे पनि समस्यामा परेकी छन् । एनसीबीले लागूऔषधका सम्बन्धमा आर्यन र अनन्या पाण्डेको नयाँ च्याट फेला पारेको छ । यस च्याटमा आर्यन र अनन्याबीच लागुऔषधको लेनदेनसँगै एनसीबीलाई पनि उल्लेख गरिएको छ ।

आर्यन र अनन्या बीचको चकित पार्ने च्याटको स्क्रिनसट मध्ये एक समूह च्याटको सार्वजनिक भएको छ ।  जसमा आर्यनलाई “भोलि कोकेन“ प्रयोग गर्ने प्रस्ताव गरिएको छ । यसैबीच, दोस्रो च्याटमा आर्यनले आफ्ना साथीहरूलाई एनसीबीको नाममा धम्की दिइरहेका छन् ।

 ह्वाट्सएप च्याटमा आर्यनले अचित कुमार नाम गरेका प्याडलरबाट बल्कमा औषधि किन्ने कुरा गरेका छन् । आर्यनले अचितबाट ८० हजार रुपैयाँ भारुको लागुऔषध अर्डर गरेका थिए । नयाँ च्याटहरू जुन सतहमा आएको छ ।  पहिलो च्याटको सन्देश जुलाई २०१९ को हो । यस च्याटमा अनन्या र आर्यनले ड्रग्सको बारेमा कुरा गरेका छन् । 

यी च्याटका आधारमा एनसीबीले अहिले आर्यन प्रकरणमा अनन्यासँग सोधपुछ गरिरहेको छ । जमानत नपाएपछि आर्यन मुम्बईको आर्थर रोड जेलमा छन् । यसैबीच एनसीबीले अनन्यालाई दुई पटक कार्यालयमा बोलाएर सोधपुछ पूरा गरेको छ । यो च्याटले आर्यनको जमानतमा फेरि समस्या बढाउन सक्छ । आर्यनको जमानत आवेदन दुई पटक खारेज भइसकेको छ ।
 

प्रतिक्रिया दिनुहोस