aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

एकै दिनमा मस्कले कमाए साढे पच्चिस अर्ब डलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०९ कार्तिक २०७८
एकै दिनमा मस्कले कमाए साढे पच्चिस अर्ब डलर

एजेन्सी । अमेरिकी अर्बपति व्यापारी तथा विद्युतीय कार कम्पनी टेस्लाका सीईओ टेस्लाका सीईओ एलोन मस्कको  सम्पत्ति एकै दिन २५.६ अर्ब डलरले बढेको छ । मंगलबार टेस्लाको शेयरमा आएको उछालका कारण कार भाडामा दिने कम्पनी हर्ट्ज ग्लोबल होल्डिङ्सको कम्पनीको मूल्याङ्कन पहिलो पटक एक ट्रिलियन डलर नाघेको बताएको छ । यो सम्झौताले टेस्लाको शेयरको मूल्यले आकाशिएको छ भने कम्पनीले पहिलो पटक एक खर्ब डलर कटेको छ ।

फोर्ब्स पत्रिकाको रियल टाइम बिलियनियर्स इन्डेक्सका अनुसार सोमबार अमेरिकी शेयर बजार बन्द हुँदा मस्कको कुल सम्पत्ति शुक्रबार साँझको तुलनामा ११.४ प्रतिशतले बढेर २५५.२ बिलियन डलर पुगेको हो । संभावत यो आकारमा कुनै एक व्यक्तिको पुगेको इतिहासमा पहिलो पटक हो । उनको सम्पत्ति शेयर बजारको एकैदिनको कारोबारमा २५.६ अर्ब डलरले बढेको छ ।

यस सूचीका अनुसार विश्वका सबैभन्दा धनी व्यक्तिको तुलनामा दोस्रो धनीका रुपमा  जेफ बेजोस १९३.३ बिलियन डलरको साथ धेरै पछाडि छन् । एक विज्ञप्ति जारी गर्दै कम्पनीले सन् २०२२ को अन्त्यसम्ममा एक लाख टेस्ला कार खरिद गर्ने कार्य सम्पन्न गर्ने बताएको छ । 

जसमा धेरै मोडेल ३ का साना कारहरू हुनेछन् । कम्पनीले अमेरिकामा आफ्नै चार्जिङ स्टेसनहरुको नेतवर्क निर्माण गर्दै छ ।  जसको कारण भाडामा दिने ईभीहरूको सबैभन्दा ठूलो सञ्जाल सञ्जाल पनि संभाव हुनेछ ।  
 

प्रतिक्रिया दिनुहोस