aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नेपालको अग्ला मानव बस्ति धो–तरापमा ‘डोल्पो महोत्सव’ भदौ २४ देखि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
नेपालको अग्ला मानव बस्ति धो–तरापमा ‘डोल्पो महोत्सव’ भदौ २४ देखि

काठमाडौं । डोल्पा जिल्लामा भदौ २४ गते देखि २८ गतेसम्म डोल्पो महोत्सव हुने भएको छ । डोल्पोबुद्ध गाउँपालिका र भिजन डोल्पा डोल्पो संस्थाको संयुक्त  आयोजनामा डोल्पा क्षेत्रको मध्य भागमा पर्ने डोल्पोबुद्ध गाउँपालिकाको केन्द्र तथा विश्वका अग्ला मानवबस्तिमध्येको एक र नेपालको सबैभन्दा अग्ला मानव बस्ति धो तरापमा विभिन्न कार्यक्रम गरी डोल्पो महोेत्सव मनाउने भएका छन् । 

उक्त महोत्सवमा १५ सय देखि २ हजारसम्म आन्तारिक र बाह्य पर्यटक भित्र्याउने र १ देखि २ करोडको आम्दानी हुने आयोजकले जनाएको छ । यस महोत्सवले २०२० मा २० लाख पर्यटक भित्र्याउन सहयोग गर्ने आयोजकको भनाई छ । 

समुन्द्र सतहबाट १ हजार ५ सय २५ देखि ७ हजार ६ सय २५ मिटरसम्मको उचाईमा रहेको डोल्पा जिल्लामा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको राज्य संरचना अन्र्तगत ८ वटा स्थानिय तहहरू रहेका छन् । 

डोल्पा क्षेत्र बाह्य पर्यटकको आगमनको लागि नौलो गन्तव्य बनेको छ । यहाँ प्राकृतिक रूपमा पुथा हिमाल, कान्जिरोवा हिमाल, धवलागिरी, मुकोट, डाँफेसेल, नोर्वुगाङ्ग, शे शिखर, डोल्पो, चुरेन हिमाल, लगायतका अन्य नाम नखुलेका सयौं हिमालहरू तथटा फोक्सुँडो ताल, फोक्सुन्डो झरना, घयाकोच्येन लगायतका हिमतालहरू रहेको आयोजकले जनाएको छ । यस क्षेत्रमा यार्चागुम्बा लगायतका कहुमुल्य जडिबुटी समेत पाइने छ । 

डोल्पो महोत्सवमा गोन्पाहरूबाट मुखौटा नृत्य, विभिन्न साँस्कृतिक नृत्य, निशुल्क स्वास्थ्य शिविर, हस्तकलाका परम्परागत साधनहरू, घोडा दौड लगायत अन्य कुराहरू समाबेश गरिने छ ।

यस महोत्सवबाट त्याँहाका बासिन्दाले पर्यटकको आगमनको संङ्ख्यामा वृद्धि भई स्थानिय नागरीकको जिविकोपार्जनमा सुधार हुने, समग्र देशको राजस्व द्धृद्धिमा टेवा पुग्ने र होटल होमस्टेसंञ्चालन गर्न प्रोत्साहन मिल्ने अपेक्षा गरेका छन् । । 

प्रतिक्रिया दिनुहोस