
काठमाडौं । नयाँ आर्थिक वर्षको सुरूआतसँगै भोलि ९साउन १० बाट प्यान अनिवार्य गरेको छ । यसले गर्दा कुनै पनि फर्म, निकायले स्थायी लेखा नम्बर ९प्यान० बिना तलब दिन नपाउने भएको छ ।
लेखा परीक्षण गर्दा यसलाई खर्चमा लेख्ने गरिन्छ । यदि प्यान नम्बर बिनाको कर्मचारीलाई तलब दिएको छ भने त्यस्ता कम्पनीले खर्चको रुपमा देखाउन पाउने छैनन् ।
कुनै पनि कर्मचारीलाई तलब बैङ्क खातामार्फत् दिनुपर्ने भएकाले प्यान अनिवार्य हुनेछ । केन्द्रीय तथ्याङ्क विभागका अनुसार हालसम्म ९ लाख २३ हजार ३ सय ५६ प्रतिष्ठान रहेका छन् । हालसम्म ९ लाख जनाले प्यान नम्बर लिएको भनिएको छ । आर्थिक विधेयकमा कर्मचारीलाई तलब दिँदा प्यान अनिवार्य गर्नुपर्ने उल्लेख छ ।
स्थायी लेखा नम्बर नभएको एक हजार रुपैयाँभन्दा माथिको मूल्यको विजक वापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था आगामी आर्थिक वर्षको बजेटमा उल्लेख छ ।
प्यान लिनको लागि अनलाइन फारम भर्ने तरिका सबैभन्दा पहिला आन्तरिक राजस्व विभागको वेभसाइट धधध।ष्चम।नयख।लउ
टाइप गरेर होम पेजमा भएको त्बहउबथभच मा क्लिक गरेर च्भनष्कतचबतष्यल मा जानु होस । त्यसपछि एप्लिकेसन फर रजिष्ट्रेसनमा क्लिक गरी नाम थर भएको बक्समा आप्नो नाम र थर लेखेर भर्नुहोस् ।
त्यसपछि युजर नेममा आफुले सम्झने नाम राख्नुहोस् । पासवर्ड हाल्नुहोस् र फेरि अर्को बक्स रिपासवर्डमा त्यही अघि राखेको पासवर्ड राख्नुहोस् । सम्पर्क नम्बर र इमेल ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना आइआरओ नम्बरमा खुलाउनुहोस् । त्यसपछि ओके बटनमा थिच्नुहोस् ।
यति गरेपछि तपाइको व्यक्तिगत विवरण माग्नेछ । सो अनुसार भर्दै जानुहोस र सबमिट गर्नुहोस् । सबमिट भएपछि सबमिट र सेभ अप्सन इनेबल हुन्छ । त्यसपछि प्रिन्टमा थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
सोही प्रिन्ट लिएर सम्बन्धित कार्यालयमा जानुहोस् । कार्यालयले तपाईंलाई विवरण जाँच गरेर प्यान नम्बर दिनेछ । यसका लागि कुनै शुल्क लाग्ने छैन ।
प्रतिक्रिया दिनुहोस