aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्धारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १० कार्तिक २०७८
बागमती प्रदेशकी मुख्यमन्त्री शाक्यद्धारा राजीनामा

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छिन् । प्रदेशसभामा बहुमत नजुट्ने प्रस्ट भइसकेको अवस्थामा पुगेपछि शाक्यले राजिनामा दिएकी हुन् । 

उनले बागमती प्रदेशसभा बैठकमा सम्बोधन गर्दै नेपालको संविधानको धारा १६९ बमोजिममा व्यवस्था भएबमोजिम आफूले मार्ग प्रशस्त गरिदिएको बताइन् ।  

साथै शाक्यले छोटो समयमा उपलब्धिमुलक काम गर्न सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिइन् । उनले एकतावद्ध भएर अघि बढ्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताईन् । हाम्रै पालामा यत्रो राजनीतिक परिवर्तन भएको, प्रदेशसभाको नयाँ अनुभव गरिरहेको र समाजवाद उन्मुख संविधान आएको समेत उनले बताइन् ।   
 

प्रतिक्रिया दिनुहोस