
एजेन्सी । भारतका सर्वाधिक धनि व्यापारी मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिजले टाट पल्टिसकेको एउटा कम्पनी किन्ने आशय व्यक्त गरेको छ । सो कम्पनी हो, सिन्टेक्स । जसलाई किन्नका लागि रिलायन्सले एसेस्ट केयर एण्ड रिकन्ट्रक्सनसँग साझेदारीका लागि प्रस्ताव प्रस्तुत गरेको हो ।
त्यसो त सिन्टेक्स खरिद गर्ने दौडमा अम्बानी मात्र छैनन । उनीसँगै आदित्य बिड्लाको कम्पनी इन्भेष्टमेन्ट वार्ड क्यापिटल समेत यसमा लागेको छ । फेब्रिक बिजनेश गर्ने कम्पनी सिन्टेक्समा एसेस्ट केयरको सबैभन्दा बढी हिस्सेदारी रहेको छ । सिन्टेक्स इन्डस्ट्रिजको वेबसाइडका अनुसार यो कम्पनीले अरमानी, ह्युगो बोस, डिजेल र ब्रुबेरी जस्ता विश्व प्रसिद्ध फेशियन ब्राण्डहरुका लागि फेब्रिक सप्लाइ गर्ने गर्छ ।
अहिले टाट पल्टेको घोषणा भइसकेको यो कम्पनी रिजुलेशन प्रोसेसमा गइसकेको छ । यो कम्पनी सन् २०१९ को सेप्टेम्बर महिनामा १५.४ करोड रुपैयाँको भुक्तानी गर्न समेत असफल रहेको थियो । सो कम्पनीका रिजुलेशन प्रोफेशनलहरुले यो कम्पनीको नाममा रहेको ७५ सय करोड भन्दा बढीको क्रेडिटलाई अस्विकार गरिसकेका छन् ।
हुन पनि सिन्टेक्समा भारतका ठुला बैंकहरु एचडीएफसी, एक्सिस, आरबीएल, आदित्य बिरला फाइनान्स, इन्डस्ट इन्ड बैंक, लाईफ इन्स्योरेसन कर्पोरेशन र स्टेट बैंक् अफ इन्डियाको ऋण छ । जब की पञ्जाव नेशनल बैंक, पञ्जाव एण्ड सिन्ध बैंक र कर्नाटक बैंकले आफूमा रहेको कम्पनीको अकाउन्टलाई फ्रड भनेर घोषणा गरिसकेका छन् । सन् २०१७ मा सिन्टेक्स प्लास्टिक टेक्नोलोजीलाई सिन्टेक्स इन्डस्ट्रिजबाट अलग गरिएको थियो । यसअघि आलोक इन्डस्ट्रिजलाई टाट पल्टिसकेको अवस्था भएपनि किनेको रिलायन्सले यसरी अर्को डुबेको कम्पनी किन्न आँखा लगाएको यो दोस्रो पटक हो ।
प्रतिक्रिया दिनुहोस