aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

मित्सुबिसीको सम्पत्ति विक्रीमा रोक लगाउन दक्षिण कोरियालाई आग्रह

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ३१ असार २०७६
मित्सुबिसीको सम्पत्ति विक्रीमा रोक लगाउन दक्षिण कोरियालाई आग्रह

टोकियो । जापानले मित्सुबिसीका ठूला उद्योगहरूको विक्रीमा रोक लगाउन दक्षिण कोरियासँग आग्रह गरेको छ । मङ्गलबार जापानका विदेशमन्त्री तारो कानोले मित्सुबीसीको सम्पत्तिको सम्भावित विक्रीलाई रोक्न भन्दै यदि यस कार्यलाई अघि बढाएमा सन् १९१० देखि १९४५ ताका कोरियाली प्रायदीपमा उपनिवेशीकरण हुँदै गर्दा भएका युद्धकालीन श्रम पिडितलाई थप क्षति हुने बताउनुभएको छ ।

कानोले दक्षिण कोरियाली पक्षलाई भने, “यदि कम्पनीको सम्पत्ति विक्रीबाट जापानले क्षति ब्यहोर्नु परेमा यसको टोकियोले प्रतिवाद गर्नेछ ।”“हामी उनीहरू ९कोरियाली०लाई कडारूपमा यो आग्रह गर्न चाहन्छौँ कि जापानी उक्त कम्पनीको सम्पत्ति विक्री नहोस्,” कानोले पत्रकारसँगको भेटमा भने । 

दक्षिण कोरियाली अभियोजनकर्ताहरूले छिट्टै जापानी मित्सुबिसी कम्पनीको सम्पत्ति विक्रीका लागि आवश्यक प्रक्रिया शुरू गर्ने बताएपछि जापानी विदेश मन्त्रीको सम्पत्ति विक्री प्रक्रियालाई अघि नबढाउन भनी उक्त अभिव्यक्ति आएको हो ।

गत बर्षको नोभेम्बरमा दक्षिण कोरियाको उच्च अदालतले अभियोजनकर्ताहरूलाई युद्धताका जबर्जस्ती निकालिएका श्रमिकलाई क्षतिपूर्ति दिलाउन निर्देशन गरेको थियो । रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस