aarthiknews.com शुक्रबार, ३१ जेठ २०८२   Friday, 13 June, 2025
 

भारतमा हालसम्मकै ठूलो आईपीओ नोभेम्बर ८ देखि बिक्रीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, ११ कार्तिक २०७८
भारतमा हालसम्मकै ठूलो आईपीओ नोभेम्बर ८ देखि बिक्रीमा आउने

एजेन्सी । भारतको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओका मिति तय भएको छ । भारतीय कम्पनी पिटिएम कम्पनीको आईपीओ अक्टोबर ८ देखि बिक्री खुला हुने भएको हो ।  

भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ मानिएको उक्त कम्पनीको शेयर नोभेम्बर १० सम्म भर्न पाइने भएको छ । पिटिएमले १८ हजार ३ सय करोड भारतीय रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ ।  

पिटिएमले आईपीओ मार्फत १८ हजार ३ सय करोड उठाउनेछ भने अफर फर सेल मार्फत १० हजार करोड रुपैयाँ उठाउने योजना बनाएको छ । यसको शेयर १८ नोभेम्बरमा शेयर्स स्टक एक्सचेञ्जमा लिस्टिङ हुनेछ ।  यसअघि भारतमा २०१० मा कोल इन्डिया लिमिटेडको १५ हजार करोड बराबरको आईपीओ निष्कासन भएको थियो । 

 

प्रतिक्रिया दिनुहोस