aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

खुम्चियो खाडीको श्रम बजार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
खुम्चियो खाडीको श्रम बजार

नेपालसहित दक्षिण एसियाको मुख्य रोजगारी क्षेत्र मानिएको खाडीका ६ वटा देशमा श्रम बजार खुम्चिदै गएको छ । साउँदी अरब, संयुक्त अबर इमिरेट्न (यूएई) आमन, कुवेत, कतार र बहराइनमा रोजगारको अवसर घट्दै गएको हो । आर्थिक वर्ष २०७५/७६ मा विदेश जाने नेपाली कामदारको संख्या १६।९५ प्रतिशतले कम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य अपेक्षाअनुसार बढ्न नसक्दा ती देशले ठूल्ठूला नयाँ आयोजना सञ्चालन गर्न सकेका छैनन् । दक्ष जनशक्ति चाहिने र सहज हुने प्रकृतिका क्षेत्रमा आफ्नै नागरिकलाई रोजगार दिने नीति उनीहरुले लिएका छन् ।

केही वर्षअघिसम्म खाडी मुलुकले नेपाल, भारत, बंगलादेश र पाकिस्तानबाट बढी कामदार लैजान्थे । पछिल्ला चार आर्थिक वर्षको तथ्याङ्कअनुसार नेपालसहित यी तीनवटै देशबाट जाने कामदारको संख्या निरन्तर घट्दो छ । 

वैदेशिक रोजगार व्यवसायीका अनुसार नेपालले मागपत्र प्राप्त गर्न बंगलादेश, भारत र पाकिस्तानसँग मुख्य प्रतिस्पर्धा गर्नुपर्नेछ । यो समाचार कान्तिपुर दैनिकमा छ।

प्रतिक्रिया दिनुहोस