aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

पत्रकार होटल पुग्दा सबै भागाभाग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०१ साउन २०७६
पत्रकार होटल पुग्दा सबै भागाभाग

नियमतः सरकारी निकायले अघिल्लो मंगलबार अर्थात (असार २४) पछि कुनै पनि शीषकमा रकम निकासा गर्ने चेक काट्न÷जारी गर्न नहुने हो । आर्थिक वर्ष समाप्त हुनुभन्दा ठीक एक साताअघि चेक काट्न÷जारी गर्न कानुनले रोक लगाएको छ । तर, प्रदेश २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कर्मचारी मंगलबार होटलमा बसेर योजना मूल्यांकन र चेक वितरणमा व्यस्त रहे ।

जनकपुरको शिवचोकस्थित होटल सिटिस्टारको कोठा नम्बर २०५ र २०८ मन्त्रालयका कर्मचारी, प्रदेश सांसद र विभिन्न उपभोक्ता समितिका पदाधिकारी भरिभराउ थिए । सञ्चारकर्मीको टोली त्यहाँ पुग्दा सबै भागाभाग भए । राजपा प्रदेश सांसद रानी शर्मा तिवारी होटल तल पार्किङ गरी राखिएको स्कुटी चढेर निस्किन् ।

होटल बाहिर सञ्चारकर्मीलाई प्रतिक्रिया दिनुको साटो क्यामेराको लेन्स छल्न खोज्दै होटलबाट बाहिरिइन् । कर्मचारीले ल्यापटप र प्रिन्टर तथा उपभोक्ता समितिका पदाधिकारी गम्छामै फाइलको पोको बेरेर भागाभाग भएको खबर आजको नागरिक दैनिकमा तस्बीरसहित प्रकाशित छ।

प्रतिक्रिया दिनुहोस